Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा काेराेना संक्रमणबाट मृतकको संख्या ४६७ पुग्यो


    शनिबार, असोज १० २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा एकै दिन ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ६७ पुगेको छ। 

    ७ वटा जिल्लाका ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुने सबै पुरुष हुन्। सप्तरीमा ६३, काठमाडौंमा २० र ७४, भक्तपुरमा ८८, मकवानपुरमा ७४, ललितपुरमा ७६, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

    यसअघि शुक्रबार नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो  । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार