Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फिफा महिला विश्वकपको उपाधि स्पेनलाई


    आइतबार, भाद्र ३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ओल्गा कार्मोनाको निर्णायक गोलमा स्पेनले फिफा महिला विश्वकप २०२३ को उपाधि जितेको छ। आइतबार सिड्नीमा भएको उपाधि भिडन्तमा इंग्ल्यान्डलाई १(० गोलले पराजित गर्दै स्पेनले पहिलोपटक उपाधि जितेको हो ।

    २९ औँ मिनेटमा कप्तानसमेत रहेकी गार्सियाले गरेको गोलमा स्पेन विश्व विजेता बनेको हो। दोस्रो हाफमा स्पेनले पेनाल्टीको मौका पाएपनि अग्रता दोब्बरको मौका सदुपयोग गर्न सकेन।

    ७० औँ मिनेटमा जेनिफर हार्मोसोले प्राप्त पेनाल्टी सदुपयोग गर्न सकिनन्। महिला विश्वकप हालसम्म अमेरिकाले ४, जर्मनीले २ तथा जापान र नर्वेले एक एकपटक जितेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार