Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशभर थप १२०७ जनालाई कोरोना संक्रमण, संक्रमितको कूल संख्या ७१ हजार ८२१ पुग्यो


    शनिबार, असोज १० २०७७
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

    योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

    मन्त्रालयका अनुसार ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्। हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन्। 

    होम आइसोलेसनमा भने १० हजार ५ सय ८ जना छन्। 

    पछिल्लो २४ घण्टामा १ हजार ४४७ निको भएका छन्। योसँगै ५३ हजार १३ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७३.८ प्रतिशत हो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार