Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्याज निर्यातमा भारतले लगायो ४० प्रतिशत कर


    आइतबार, भाद्र ३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। भारत सरकारले प्याजको मूल्य घटाउन भन्दै प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ ।

    यो शुल्क ३१ डिसेम्बरसम्म लागू हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको वित्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्याजको निर्यातमा कर लगाइएको उल्लेख छ ।

    भारतका अनुसार त्यहाँ प्याजको मूल्य बढ्न थालेको छ । सोही मूल्यवृद्धि नियन्त्रण गर्न कर बढाइएको जनाइएको छ । प्याज निर्यातमा लाग्ने ४० प्रतिशत कर तत्काल लागू भइसकेको छ ।

    नेपालमा धेरैजसो भारतीय प्याजको दबदबा छ । भारतले प्याज निर्यातमा कर थपेसँगै नेपाली बजारमा मूल्य बढ्ने अनुमान गरिएको छ । भारतले यसअघि प्याज निर्यातमा कर लगाएको थिएन ।

    अहिले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटीमा भारतीय प्याजको मूल्य प्रतिकेजी ६१ रुपैयाँसम्म छ । नेपालले पनि चालू वर्षको बजेटमार्फत आलुप्याजमा भ्याट लगाएको छ । व्यवसायीहरुले यसको विरोध गरिरहेको बेला अहिले भारतले नै निर्यातमा कडाइ गरेको छ ।

    कालीमाटी तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले नेपालमा ९५ प्रतिशत भारतीय प्याजले माग धानिरहेको बेला निर्यातमा कर लगाउँदा उपभोक्ता महँगीमा पर्ने बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार