काठमाडौं । बजेट वक्तव्यसँग ल्याइएको आर्थिक विधेयकमार्फत सरकारले करका दरमा अनौठो हेरफेर गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमार्फत करछुटको सूची छोट्याउने, कुनै अत्यावश्यकीय वस्तुलाई कर लगाउने, कुनैमा विलासितालाई च्याप्नेजस्ता काम गरेका छन्।
नेगेटिभ लिस्टमा रहेका वस्तुमा पनि अपेक्षाअनुरूप कर बढेको छैन। सस्ता विद्युतीय कारमा कर लगाएर महँगामा घटाइएको छ। यस्तै सुरुमा कुरा गरौं, बिलासिता शुल्कको। आर्थिक विधेयकमार्फत सरकारले लक्जरी करको सुरुवात गरेको हो। जसअनुसार तारे होटल तथा रिसोर्टमा बस्नेले सरकारलाई २ प्रतिशत कर बुझाउनुपर्ने छ। विलासिता शुल्क आयातीत मदिरा, १० लाखभन्दा महँगा हीरा मोती तथा पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहनामा पनि लाग्नेछ।
महतले बियरमा प्रतिलिटर मात्र ७ रुपैयाँ अन्तःशुल्क बढाएका छन्। स्वास्थ्य जोखिम सिर्जना गर्ने ‘नेगेटिभ लिस्ट’ रहेको बियरमा कर सामान्य दरले बढाइएको हो जबकी यो सूचीमा रहेको वस्तुमा अत्यधिक कर बढ्ने गर्छ। विदेश घुम्न जाँदा सरकारलाई ५ प्रतिशत कर बुझाउनुपर्नेछ।
विदेश पढ्न जानेले पनि ३ प्रतिशत कर बुझाउनुपर्ने भएको छ। महतले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दरहरू खारेज गरेका छन्। यससँगै कर बढाइएका र कर छुटको सूचीबाट हटाइएको वस्तुहरूको मूल्य बढ्ने भएको छ।
यसैगरी, आगामी साउन १ गतेपछि सम्झौता हुने आयोजनामा प्रयोग हुने निर्माण सामग्रीमा भन्सार छुट नदिइने भएको छ। वार्षिक ५० लाख रुपैयाँ आम्दानी गर्ने व्यक्ति वा निजी कम्पनीलाई पनि अबदेखि बढी कर लाग्ने भएको छ। हालसम्म आयको ३६ प्रतिशत कर तिर्दै आएकाले ३९ प्रतिशत तिर्नुपर्ने भएको हो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend