Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन प्रकरणमा समातिएका चिनियाँ नागरिकसँग भेटियो नेपाली नागरिकता र राहदानी


    आइतबार, भाद्र ३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । ६० किलो सुन बरामद प्रकरणमा पक्राउ परेका ६ जना विदेशी नागरिकमध्ये ४ जनासँग नेपाली नागरिकता भेटिएको छ।

    केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार, तीन जनासँग जिल्ला प्रशासन कार्यालय, काभ्रे र एक जनासँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको नागरिकता फेला परेको हो।

    राजश्व अनुसन्धान विभागले गत ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय कार्यालयबाहिर सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर संगठित अपराधको तत्व देखिएको भन्दै विभागले थप अनुसन्धानको गर्न भन्दै सीआईबीलाई फाइल हस्तान्तरण गरेको थियो ।

    त्यसक्रममा पक्राउ परेका चिनियाँ नागरिकहरुको साथमा प्रहरीले नेपाली नागरिकता र राहदानी फेला पारेको हो । स्रोतका अनुसार, प्रकरणमा पक्राउ परेका होटल भियनाका सञ्चालक दावा छिरिङको साथमा ११८६५ नम्बरको नेपाली नागरिकता भेटिएको छ ।

    उनको नागरिकता २०७४ मा जारी भएको देखिन्छ । त्यसपछि विभिन्न मितिमा थप दुई जनालाई नेपाली नागरिकता दिइएको भेटिएको छ ।

    पक्राउ परेका चिनियाँ नागरिक डिङ सेग्फाले रामा लामाको नाममा २०२१ को डिसेम्बरमा नागरिकता लिएको भेटिएको छ । त्यस्तै, ली नेङ्काईले सोनाम लामाको नाममा नागरिकता लिएको पाइएको छ ।

    थप दुई जनाको साथमा भने भारतीय आधार कार्ड फेला परेको परेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार