Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जीतजंग बस्नेत भन्छन्- सुन प्रकरणमा गृहमन्त्रीको पनि नाम मुछियो,राजीनामा मागौं


    शुक्रबार, साउन ५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले हङकङबाट अवैध तरिकाले काठमाडौँ भित्र्याइएको करिब १०० किलो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम आएको बताएका छन्।

    केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा बस्नेतले सुन प्रकरणमा गृहमन्त्री श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको नाम आएको बताए।

    उनले सुन तस्करीमा गृहमन्त्रीको नाम आएकाले राजीनामा माग्नुपर्ने बताए।

    ‘ठूलो ठूलो कुरा गर्नु हुन्थ्यो गृहमन्त्री नारायणकाजी । आज उहाँको नाम आएको छ,’उनले भने,’ उहाँको विषयमा राजीनामा माग्न जाऔं। को को मान्छे सुन तस्करीमा छन् । छानविन गर्ने कि नगर्ने?’ यस विषयमा नेपाली कांग्रेसले बोल्ने कि नबोल्ने ?

    सुन प्रकरणको सत्यतथ्य छानविन गरी छिटोभन्दा छिटो निष्कर्ष सार्वजनिक गर्नुपर्नेमा जोड दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार