Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन प्रकरणमा दावाका मुख्य सहयोगी भारतबाट पक्राउ


    बुधबार, भाद्र १३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। ६० किलो सुन प्रकरणमा प्रहरीले थप एक जनालाई भारतबाट पक्राउ गरेको छ । सुन तस्करीमा संलग्न दावा छिरिङका सहयोगी भनिएका किशोर बस्नेत भारतको नयाँ दिल्लीबाट पक्राउ परेका हुन् ।

    यो प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको मुख्य सहयोगीका रुपमा देखिएपछि सिन्धुपाल्चोकका बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई बुधबार काठमाडौं ल्याइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

    हालसम्म प्रहरीले यो प्रकरणमा २५ जनालाई पक्राउ गरेको छ। यसअघि प्रहरीले गणेश पौडेललाई पक्राउ गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार