Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अविरल वर्षाका कारण जनजीवन प्रभावित


    शनिबार, असोज १० २०७७
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा । विगत चार दिनदेखिको अविरल वर्षाका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाले सहज रुपमा सर्वसाधारणले आफ्ना काम गर्न पाएका छैनन् भने बजारमा चहलपहल घटेको छ । 

    दिनभरि नै झरीसँगै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । वर्षाले गाउँघर तथा शहर बजारका धेरै सडक हिलाम्य भएपछि आवतजावत तथा हिँडडुलमा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हुलाकी सडकको धेरै ठाउँमा हिलाम्य भएको छ । त्यस सडकमा सहजरुपमा सवारीसाधान तथा पैदल समेत हिड्न सकिरहेको छैन् ।

    निरन्तरको वर्षाका कारण जिल्लास्थित नदीमा जलस्तर बढे पनि त्यस्तो र भौतिक र मानवीय क्षति अहिलेसम्म नभएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यसैबीच अविरल वर्षासँगै कमला नदीमा बहाव बढ्दै गएपछि आसपासको स्थानीयवासीलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार