Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दामोदर सडकमा कालोपत्र जारी


    शनिबार, असोज १० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • तुलसीपुर । दाङको गौरवका रूपमा रहेको दामोदर सडक निर्माणले गति लिएको छ । घोराहीदेखि बबई गाउँपालिका जोड्ने उक्त सडक खण्डको कालोपत्रको काम भइरहेको छ । सडक पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी चन्द्र शाहका अनुसार अहिले सोही सडकखण्डको ग्वारखोला गरगरुवाबाट सुकौरासम्मको काम जारी छ । सोही सडकको साढे पाँच किलोमिटर सडक कालोपत्रको कामको शुरुआत भएको छ ।

    गत आर्थिक वर्ष असारको १० गते सम्झौता भएर काम शुरु भएको हो । अहिले नाला निर्माण, कटिङ, फिलिङ, ह्युमपाइप क्रसिङ, साइड क्लियर गर्ने काम गरेर २५ प्रतिशत काम पूरा भएको उहाँको भनाइ छ । यस आर्थिक वर्ष २०७७÷७८ मा साढे पाँच किलोमिटर सडक मर्मत र कालोपत्र गर्नका लागि रु १० करोड ८१ लाख बजेट विनियोजन गरिएको छ । सोही खण्डमा निर्माण सम्पन्न गर्नका लागि सिनर्जी विल्डर्स प्रालिलाई ढेड वर्षको समायावधि दिएको छ । यस वर्षमा भने गरगरुवाको क्षेत्रमा पर्खाल लगाउने, नाला बनाउने, वेलटाकुरा खण्डमा, सुकौरा खण्डलगायतका ठाउँहरुमा नाला निर्माण भइरहेको छ ।

    साथै सडक चौडा गर्ने काम पनि भइरहेको छ । गत आर्थिक वर्षमा करिब रु तीन करोड ५२ लाखको बजेटमा जस्पुरचोकबाट पूर्वतर्फ ९०० मिटर र पश्चिमतर्फ एक हजार ३०० मिटर काम सम्पन्न भएको छ । वडा नं ११ को वडा कार्यालय जाने सडकमा पनि कालोपत्रको काम सम्पन्न भएको छ । गरगरुवाको भागको जस्पुरचोकबाट ९०० किलोमिटर काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार