काठमाडौं। विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । काठमाडौँ, मोरङ र रुपन्देहीमा भएका सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको हो ।
शुक्रबार काठमाडौं महानगरपालिका–३२ कोटेश्वनरस्थित सडकमा बा.१७ च ९६९ नम्बरको हात्ती गाडीको ठक्करबाट पैदलयात्री कास्की घर भई काठमाडौं कोटेश्वर बस्ने ७६ वर्षीय पदम नाथ त्रिपाठीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पताल ग्वार्को ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै मोरङमा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । शुक्रबार उर्लाबारी नगरपालिका–३ सोल्टी पुलमा को १३ प ६१३० नम्बरको मोटरसाइकल मे १ ख २४२३ नम्बरको बसमा ठक्कर खाई दुर्घटना हुँदा चालक झापा कमल गाउँपालिका–१ बस्ने ४३ वर्षीय गोपाल प्रसाद पौडेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, रूपन्देहीमा पनि स्कुटर दुर्घटनामा परेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित सडकमा शुक्रबार राति लु ७६ प ७२११ नम्बरको मोटरसाइकल र लु ७५ प ६९२० नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक ५४ वर्षीय नबिन श्रीषको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते
भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । श्रीष तिलोत्तमा नगरपालिका ६ पुरानो सडक निवासी हुन् । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend