काठमाडौँ। कुनै पनि प्राणी चलायमान हुन हड्डी तथा त्यसको समग्र रुप अस्थिपञ्जर जरुरी रहेको हुन्छ । हाडले शरीरलाई एउटा आकार दिन्छ भने हाडले मात्रै केही हुन सक्दैन। त्यसलाई चलायमान वा गतिशील बनाउन जोर्नी आवश्यक हुन्छ।
यसैगरी कुरा गर्दा कमजोर हड्डी भएका मानिसहरुमा सामान्य चोटपटक लागेमा पनि हड्डी भाँच्चिएर ठूलो अप्रेशन गर्नुपर्ने अवस्था आउन सक्छ । हामीहरुमध्ये धेरै जनाले अनुभव गरेका हुन सक्छौँ कि बूढाबूढीहरु घरभित्रै बाथरुममा चिप्लिएर हात खुट्टा भाँचिदा लामो उपचार पद्दतिमा जानु परेको हुन सक्छ ।
त्यसकारण कमजोर हड्डी भएमा सानो चोटपटकले पनि सजिलैसँग हात खुट्टाका हड्डीहरु भाँचिन सक्छन् । कमजोर हड्डी भएका मानिसहरुमा स्वतः मेरुदण्डका हड्डी थिचिएर ढाड कुप्रो हुन सक्ने अवस्था पनि आउन सक्छ ।
साथै कमजोर हड्डी भएमा हड्डीहरु दुख्ने, थोरै काम गर्दा पनि थकाइ लाग्ने, लामो समयसम्म टेबल कुर्चीमा बसेर काम गर्दा ढाड दुख्ने लगायत अरु धेरै समस्याहरु आउन सक्छन् ।
यसर्थ हड्डी बलियो पार्ने उपायहरु थाहा पाउनु निकै अर्थपूर्ण देखिन्छ ।
हुनत कुन मानिसको हड्डी कति बलियो हुन्छ भनेर चर्चा गर्दा यो केही हदसम्म वंशानुगत पनि हुन्छ । जस्तै अरु मूलका मानिसहरुको तुलनामा अफ्रिकन मूलका मानिसहरुको हड्डी ज्यादा बलियो हुन्छ । यद्यपि केही यस्ता उपायहरु छन् जसले हड्डी बलियो बनाउन मद्दत गर्दछन् ।
नियमित ब्यायाम गर्नु हड्डी बलियो बनाउने सर्वोत्तम उपाय हो । शहरमा बस्ने र गाउँमा बस्ने मानिसहरुको तुलना गर्दा गाउँमा बस्ने मानिसहरुको हात र खुट्टाका हड्डीहरु निकै ठूला हुन्छन् भने शहरका मानिसहरुका खुट्टाको तुलनामा भुँडी ठूलो हुन्छ ।
शहरका मानिसहरु मोटाघाटा देखिए पनि खुट्टाहरु पातला हुन्छन् । यो नियमित ब्यायामको करामत हो ।
यद्यपि चाहिने भन्दा धेरै ब्यायाम गर्दा पनि घुँडाका हड्डीहरु खिइने हुन सक्छ ।
त्यसकारण नियमित अनुशासित भएर कुनै परिधि भित्र रहेर ब्यायाम गर्दा हातखुट्टाका हड्डीहरु बलियो हुन्छन् ।
त्यसमा पनि हिँड्ने, पौडी खेल्ने जस्तो एरोबिक ब्यायाम हड्डी बलियो पार्नको लागि निकै उपयोगी हुन्छ ।
हड्डी बलियो पार्ने अर्को उपाय भनेको धुमपान र मध्यपान नगर्नु हो । नियमित चुरोट, बिँडी र मदिरा सेवन गर्ने मानिसहरुको निःसन्देह हड्डीहरु कमजोर भएर सानो चोट लागेर पनि भाँचिन सक्छन् ।
यद्यपि कति मात्रा र कति समयसम्म मध्यपान र धुमपान गरिएको छ, त्यसको आधारमा हड्डी कति कमजोर छ भन्ने कुराको निर्धारण गर्दछ ।
खाने कुराहरुमा दूध दही, माछामासु, गेडागुडी, ओखर, बदाम, सागसब्जीहरु निकै लाभदायक देखिन्छन् ।
हामी सबैलाई थाहा भएकै कुरा हो धेरै भात, चिल्लो भएको खानेकुरा, जंक फुडहरु स्वास्थ्यका हिसाबले पनि अनुपयुक्त देखिन्छ ।
धेरै मोटो भएर मात्रै हड्डी बलियो हुने होइन । यसर्थ एउटा मन्त्र हामी सबैले मनन गर्नु पर्दछ । धेरै खाने कम बाँच्ने, कम खाने धेरै बाच्ने ।
नियमित रुपमा घाममा बस्ने वातावरण मिलाउँदा शरीरलाई चाहिने भिटामिन डी प्राप्त हुन्छ। भिटामिन डी शरीरको हड्डी बलियो पर्ने एउटा महत्वपूर्ण तत्व हो ।
माथि उल्लेख गरेका उपाएहरु हड्डी बलियो पार्ने प्राकृतिक बिधिहरु हुन् । यो बाहेक केही भिटामिन र औषधि सेवन गरेर पनि हड्डी बलियो पार्न सकिन्छ ।
महिलाहरुमा महिनाबारी बन्द भएपछि अथवा कुनै कारणले पाठेघर शल्यक्रिया गरेर निकाल्नु परेको अवस्थामा पाठेघर नजिकैको ओभरीबाट निस्कने इस्ट्रोजन हर्मोन नहुँने हुँदा हड्डीहरु चमत्कारिक रुपमा कमजोर हुँदै जान्छन् ।
पुरुषहरुमा पनि ७०–७५ वर्ष भन्दा माथि भैसकेपछि हड्डीहरु कमजोर हुँदै जान्छन् । केही वंशानुगत रोगहरुमा सानै उमेरदेखि हड्डी कमजोर हुने समस्या हुन सक्छ ।
यस्ता परिस्थितिहरुमा विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार क्याल्सियम, भिटामिन डी सेवन गर्दा हड्डीहरु बलियो हुन्छन् । हड्डी कमजोर हुनबाट बचाउने अर्को औषधि बिस्फ़स्फोनेट हो जुन चिकित्सकको सुझावअनुसार नै सेवन गर्नुपर्छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend