Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्ता छन् हड्डी बलियो पार्ने उपायहरु


    शनिबार, भाद्र २ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौँ। कुनै पनि प्राणी चलायमान हुन हड्डी तथा त्यसको समग्र रुप अस्थिपञ्जर जरुरी रहेको हुन्छ । हाडले शरीरलाई एउटा आकार दिन्छ भने हाडले मात्रै केही हुन सक्दैन। त्यसलाई चलायमान वा गतिशील बनाउन जोर्नी आवश्यक हुन्छ।

    यसैगरी कुरा गर्दा कमजोर हड्डी भएका मानिसहरुमा सामान्य चोटपटक लागेमा पनि हड्डी भाँच्चिएर ठूलो अप्रेशन गर्नुपर्ने अवस्था आउन सक्छ । हामीहरुमध्ये धेरै जनाले अनुभव गरेका हुन सक्छौँ कि बूढाबूढीहरु घरभित्रै बाथरुममा चिप्लिएर हात खुट्टा भाँचिदा लामो उपचार पद्दतिमा जानु परेको हुन सक्छ ।

    त्यसकारण कमजोर हड्डी भएमा सानो चोटपटकले पनि सजिलैसँग हात खुट्टाका हड्डीहरु भाँचिन सक्छन् । कमजोर हड्डी भएका मानिसहरुमा स्वतः मेरुदण्डका हड्डी थिचिएर ढाड कुप्रो हुन सक्ने अवस्था पनि आउन सक्छ ।

    साथै कमजोर हड्डी भएमा हड्डीहरु दुख्ने, थोरै काम गर्दा पनि थकाइ लाग्ने, लामो समयसम्म टेबल कुर्चीमा बसेर काम गर्दा ढाड दुख्ने लगायत अरु धेरै समस्याहरु आउन सक्छन् ।

    यसर्थ हड्डी बलियो पार्ने उपायहरु थाहा पाउनु निकै अर्थपूर्ण देखिन्छ ।

    हुनत कुन मानिसको हड्डी कति बलियो हुन्छ भनेर चर्चा गर्दा यो केही हदसम्म वंशानुगत पनि हुन्छ । जस्तै अरु मूलका मानिसहरुको तुलनामा अफ्रिकन मूलका मानिसहरुको हड्डी ज्यादा बलियो हुन्छ । यद्यपि केही यस्ता उपायहरु छन् जसले हड्डी बलियो बनाउन मद्दत गर्दछन् ।

    नियमित ब्यायाम गर्नु हड्डी बलियो बनाउने सर्वोत्तम उपाय हो । शहरमा बस्ने र गाउँमा बस्ने मानिसहरुको तुलना गर्दा गाउँमा बस्ने मानिसहरुको हात र खुट्टाका हड्डीहरु निकै ठूला हुन्छन् भने शहरका मानिसहरुका खुट्टाको तुलनामा भुँडी ठूलो हुन्छ ।

    शहरका मानिसहरु मोटाघाटा देखिए पनि खुट्टाहरु पातला हुन्छन् । यो नियमित ब्यायामको करामत हो ।

    यद्यपि चाहिने भन्दा धेरै ब्यायाम गर्दा पनि घुँडाका हड्डीहरु खिइने हुन सक्छ ।

    त्यसकारण नियमित अनुशासित भएर कुनै परिधि भित्र रहेर ब्यायाम गर्दा हातखुट्टाका हड्डीहरु बलियो हुन्छन् ।

    त्यसमा पनि हिँड्ने, पौडी खेल्ने जस्तो एरोबिक ब्यायाम हड्डी बलियो पार्नको लागि निकै उपयोगी हुन्छ ।

    हड्डी बलियो पार्ने अर्को उपाय भनेको धुमपान र मध्यपान नगर्नु हो । नियमित चुरोट, बिँडी र मदिरा सेवन गर्ने मानिसहरुको निःसन्देह हड्डीहरु कमजोर भएर सानो चोट लागेर पनि भाँचिन सक्छन् ।

    यद्यपि कति मात्रा र कति समयसम्म मध्यपान र धुमपान गरिएको छ, त्यसको आधारमा हड्डी कति कमजोर छ भन्ने कुराको निर्धारण गर्दछ ।

    खाने कुराहरुमा दूध दही, माछामासु, गेडागुडी, ओखर, बदाम, सागसब्जीहरु निकै लाभदायक देखिन्छन् ।

    हामी सबैलाई थाहा भएकै कुरा हो धेरै भात, चिल्लो भएको खानेकुरा, जंक फुडहरु स्वास्थ्यका हिसाबले पनि अनुपयुक्त देखिन्छ ।

    धेरै मोटो भएर मात्रै हड्डी बलियो हुने होइन । यसर्थ एउटा मन्त्र हामी सबैले मनन गर्नु पर्दछ । धेरै खाने कम बाँच्ने, कम खाने धेरै बाच्ने ।

    नियमित रुपमा घाममा बस्ने वातावरण मिलाउँदा शरीरलाई चाहिने भिटामिन डी प्राप्त हुन्छ। भिटामिन डी शरीरको हड्डी बलियो पर्ने एउटा महत्वपूर्ण तत्व हो ।

    माथि उल्लेख गरेका उपाएहरु हड्डी बलियो पार्ने प्राकृतिक बिधिहरु हुन् । यो बाहेक केही भिटामिन र औषधि सेवन गरेर पनि हड्डी बलियो पार्न सकिन्छ ।

    महिलाहरुमा महिनाबारी बन्द भएपछि अथवा कुनै कारणले पाठेघर शल्यक्रिया गरेर निकाल्नु परेको अवस्थामा पाठेघर नजिकैको ओभरीबाट निस्कने इस्ट्रोजन हर्मोन नहुँने हुँदा हड्डीहरु चमत्कारिक रुपमा कमजोर हुँदै जान्छन् ।

    पुरुषहरुमा पनि ७०–७५ वर्ष भन्दा माथि भैसकेपछि हड्डीहरु कमजोर हुँदै जान्छन् । केही वंशानुगत रोगहरुमा सानै उमेरदेखि हड्डी कमजोर हुने समस्या हुन सक्छ ।

    यस्ता परिस्थितिहरुमा विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार क्याल्सियम, भिटामिन डी सेवन गर्दा हड्डीहरु बलियो हुन्छन् । हड्डी कमजोर हुनबाट बचाउने अर्को औषधि बिस्फ़स्फोनेट हो जुन चिकित्सकको सुझावअनुसार नै सेवन गर्नुपर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार