Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वमन्त्रीको गाडीले ठक्कर दिंदा अनुपा कार्कीको मृत्यु


    शनिबार, असोज १० २०७७
    985
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । मानिसको मृत्यु आकस्मिक हुन्छ भन्ने कुराको उदाहरण बनेकी छन बुढानिलकण्ठ नगरपालिका वडा नं ६ की अनुपा कार्की । असोज ७ गते आफ्ना श्रीमानसंग हिडिरहेकी कार्कीले सायदै सोचेकी थिइन् होला यो उनीहरुको अन्तिम यात्रा हुनेछ। तर विडम्बना सोहि सोही दिनको करिव १ बजे त्री वि शिक्षण अस्पताल अगाडिको जेब्राक्रसिङ नै उनको मृत्युबरण गर्ने थलो बन्यो।

    सो स्थानमा बाटो काट्ने क्रममा उनलाई तीव्र गतिमा आएको नम्बर नखुलेको FZ मोटरसाइकलले ठक्कर दिएर भागेको थियो भने उनि लडेको अवस्थामा सोही दिशातर्फबाट आएको बा ११ च ४१४१ नम्बरको गाडीले किचेपछी घाइते कार्की दम्पतिलाई स्थानीयहरुले तत्काल अस्पताल लगे पनि अनुपालाई बचाउन सकेनन भने उनका श्रीमान विक्रम कार्की भने शख्त घाइते भए पनि उनको ज्यान भने जोगिएको छ।

    नम्बर नखुलेको मोटरसाइल र उक्त गाडीका वारेमा छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले प्रहरी वृत महाराजगंजमा उजुरी बोकेर पुगे पछी प्रहरी सो गाडी र मोटर साइकलको खोजीमा लागेको थियो। जनप्रतिनिधि र स्थानीयहरुको दवाव पश्चात करिव ६.३० बजे उक्त गाडी प्रहरीले भेटाएको थियो । प्रहरीले गाडी समातेर ल्याए पश्चात सो गाडीका वारेमा खोजविन गर्दा उक्त गाडी पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दिपक खड्काको रहेको तथ्य खुलेको वडा नं ६ का अध्यक्ष नबिन केसीले बताएका छन् ।

    प्रहरीले सो गाडी संगै एक जना चालकलाई पक्राउ गरे पनि उनीले नै सो समयमा गाडी चलाएका थिए वा अन्य कुनै व्यक्ति थिए भन्ने एकिन गर्न नसकिएको जानकारी दिदै अध्यक्ष केसीले नेता खड्कालाई पीडित पक्षसंग छलफलका लागि बोलाउदा उल्टै कानुनी कुरा झिक्दै बेवास्ता गरेको बताएका छन् । पीडित पक्षले न्याय नपाउन्जेल अनुपा कार्कीको शवको पोस्टमार्टम नगरिने र कसैले पनि पद र शक्तिको आडमा निर्दोष र कमजोर जनतालाई दुख दिने र ज्यानै लिने सम्मको गर्न नपाउने बताउदै अध्यक्ष केसीले नेता खड्काले केही व्यक्तिहरुलाई आफ्ना दूतका रुपमा घटनाबारेमा बुझ्न लगाएको तर आफु भने पहिला मोटरसाइकल खोज्नुपर्ने भन्दै उम्किएको भन्दै दुख व्यक्त गरेका छन् ।

    अहिलेको समय कसैले पनि पद ,प्रतिष्ठा र शक्तिका आडमा अपराध गर्न नसक्ने र सो अपराध नसहने बताउदै वडा अध्यक्ष केसीले पीडितको पक्षमा उभिनका लागि वडाबासीमा अनुरोध समेत गरेका छन् । मृतक कार्कीको शव अहिले पनि अस्पतालको शव गृहमा रहेको छ भने पीडितले न्याय नपाउन्जेल पोस्टमार्टम गर्न नदिने उनको परिवारले अडान लिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार