Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेसबुकमा स्टाटस लेखेर किन गरे वडाध्यक्षले आत्महत्या ?


    शनिबार, भाद्र २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रुपन्देही । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मृत अवस्थामा फेला परेका छन् ।

    वडाध्यक्ष मोहन घिमिरेले आज बिहान करिब ५ बजे आसपास फेसबुकमा भावुक स्टाटस लेखेका थिए ।

    उनले फेसबुकमा लेखेका थिए- परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिता: साथ निभाउन सकेन । मलाई माफ गरे। घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा ।

    घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    शुक्रवार अपराह्न घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको पारिवारिक श्रोतले जनाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

    घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार