काठमाडौं । सरकारले ‘लम्पी स्किन’ विरुद्ध पशुमा आमखोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । २०८० माघभित्र एकै पटक ठुलो सङ्ख्यामा पशुलाई खोप अभियान र दोस्रो चरणमा आफ्नै प्रयोगशालाबाट ‘लम्पी स्किन’ विरुद्धको खोप बनाउने तयारीमा सरकार लागेको हो । यस वर्ष खोप खरिद गरेर र अर्को वर्ष आफैँले उत्पादन गरेर खोप लगाउने तयारी सरकारको छ ।
माघभित्र कम्तीमा ५० लाख पशुलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइने कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले जानकारी दिए । त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने र आगामी वर्ष आफ्नै प्रयोगशालाबाट ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गरिने उनले दाबी गरे ।
आफ्नो भारत भ्रमणका क्रममा भारतीय उच्च अधिकारीसँग त्यस विषयमा छलफल भएको भन्दै मन्त्री भुसालले त्यहाँबाट सम्भव नभए नेपाल सरकारले ‘सिड भाइरस’ खरिद गर्ने उल्लेख गरे । ‘सिड भाइरस’ ल्याउने सन्दर्भमा भारत चीनसँगै सुरुमा उत्पादन गर्ने वैज्ञानिकसँग छलफल भइरहेको उनले उल्लेख गरे ।
प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारले ‘लम्पी स्किन’ रोग नियन्त्रणमा भएको उपलब्धिबारे सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले किसानलाई राहत दिने कार्यक्रमको तयारी गरिरहेको बताए ।
उनले भारत र चीनमा एक वर्षअघि फैलिएको ‘लम्पी स्किन’ को सङ्क्रमणलाई रोक्न चालेका कदमको सिको सिक्दै नेपालले प्रयास थालिरहेको बताए । उनले प्रदेश र स्थानीय तहका जिम्मेवार पदाधिकारीसँग क्षतिपूर्तिका बारेमा गहन छलफल गरेर थप निर्णय लिने बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्माले यस आर्थिक वर्षमा ५० लाख पशुलाई ‘मास भ्याक्सिनेसन’ ६५ करोड रुपियाँ बजेटको माग गरेको बताउनुभयो । सो रकम समयमै उपलब्ध भएमा माघसम्मको भ्याक्सिन हुने बताउनुभयो । विश्व पशु स्वास्थ्य सङ्गठनको मापदण्डमा एक करोड २२ लाखको सङ्ख्यामा पशु रहेकाले कम्तीमा पनि ८० लाखलाई खोप लगाउन आवश्यक रहेको बताउँदै आएको छ ।
पहिलो वर्षमा लागेको पशुलाई सामान्यता सोही सङ्क्रमण नदोहोरिने भएकाले अहिले १३ लाख र माघमा ५० लाख पशुमा सो खोप लगाउँदा पशु स्वास्थ्य सङ्गठनले भनेको मापदण्ड पूरा हुने विश्वास विभागको रहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend