Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश १ मा हालसम्म  १ लाख १९ हजार पिसिआर परीक्षण


    शुक्रबार, असोज ९ २०७७
    610
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बिराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८५ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये २० महिला र ६५ जना पुरुष छन् । थपिएका सङ्क्रमितमा मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा एक तथा प्रदेश बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले आज यहाँ जनाएको छ ।

     विराटनगरमा आठ महिला र १६ पुरुष, बुढीगंगामा पाँच, बेलबारी र धनपालथानमा तीनतीन, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा एक÷एक पुरुष र रंगेलीमा एक महिलामा सङ्क्रण पुष्टि भएको छ ।  सुनसरीको इटहरीमा दुई महिला र  १३ पुरुष, दुहवीमा दुई महिला र दुई पुरुष, इनरुवामा एक महिला र दुई पुरुष, बर्जुमा एक महिला र एक पुरुष, धरानमा एक महिला, झापाको भद्रपुरमा एक महिला र नौ पुरुष, विर्तामोड र दमकमा एकएक महिला, ताप्लेजुङको फङलिङमा एक पुरुष तथा प्रदेश  बाहिरका एक महिला र पाँच  पुरुषको कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार १४९ पुगेको छ भने कोभिड १९ आईसोलेशन केन्द्र, रंगेलीबाट नौ , गढी आईसोलेसन केन्द्र बाट आठ, होम आईसोलेसनबाट आठ, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट छ, न्युरो अस्पताल विराटनगरबाट चार, मेची अस्पतालबाट तीन जना गरी ३८ जना सहित दुई हजार ६५६ जना कोरोनाबाट मुक्त भइसकेका छन् । सो अवधिकामा ६२५ जना सहित आजसम्ममा एक लाख १९ हजार ४३५ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार