Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेनाबाट बाढीपहिरामा ज्यान गुमाउने २३४ कोे शव व्यवस्थापन


    शुक्रबार, असोज ९ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाले यस वर्षको मनसुन शुरु भएयता मुलुकका विभिन्न भागमा गएको  बाढी, पहिरो र अरु प्राकृतिक प्रकोपका घटनामा परी ज्यान गुमाएका २३४ जनाको शव व्यवस्थापन गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अवधिमा त्यस्ता प्राकृतिक प्रकोपका घटनाबाट अप्ठेरामा परेका ३९९ जनाको जीवित उद्धार गरिएको छ ।

    सेनाले घटना अप्ठेरामा परेका ४३४ जनालाई सुरक्षित स्थानान्तरण गरिएको, ५८६  नागरिकलाई सुुरक्षित स्थानमा सार्न सहयोग पु¥याइएको, अवरुद्ध २३  सडकको पहिरो हटाएर पुनःसञ्चालन गरिएको तथा २६ पुल मर्मत र तटबन्ध निर्माण गरिएको जनाएको छ ।

    उक्त अवधिमा डुबानमा परेका ७०० जनालाई  सहयोग पु¥याइएको,   आगलागीका दुई घटनाको नियन्त्रण गरेको तथा ५४  सर्वसाधारणलाई विभिन्न कोणबाट सहयोग गरिएको सेनाले जानकारी दिएको छ ।    यस्ता विपद्का  घटनामा सेनाका तत्तत्स्थानीय एकाइबाट खटिएका टोलीले उद्धार र सहयोग गरेका  हुन् ।

       सिन्धुपाल्चोक, धादिङ, सुनसरी, कपिलवस्तु, बागलुङ, स्याङ्जा, मकवानपुर, पाल्पालगायत जिल्लामा भएका  पछिल्ला बाढीपहिरो र अन्य दुर्घटनास्थलमा खटिएर उद्धार र सहयोगमा सैनिक जुटेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार