Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुर महानगरको उदाहरणीय काम, जाँडरक्सीकाे विज्ञापन गरिएका हाेर्डिङ बाेर्ड हटाउन सुरु


    शुक्रबार, असोज ९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुर महानगरपालिकाले जाँड रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड हटाउन थालेको छ । शुक्रबारदेखि अभियान नै चलाएर होर्डिङ बोर्ड हटाउन थालेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

    ‘ललितपुरलाई सफा र स्वच्छ बनाउन जाँड, रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड हटाउन सुरु भइसकेको छ, केही दिनमा यो अभियान सकिने छ’, उनले भने ।

    यसअघि ललितपुर महानगरपालिकाका सडक पेटी अतिक्रणविरुद्धको अभियान चलाइएको थियो । फुटपाथ कब्जा गरी सञ्चालन भइरहेका व्यापार, व्यवसाय हटाएर समग्र फुटपाथ व्यवस्थापन गर्ने तयारी भएको नगर प्रहरी बलका प्रमुख हाछेथुले बताए । 

    ट्राफिक प्रहरी पूर्वनिरीक्षक सीताराम हाछेथु गएकाे भदाै १४ गते ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखमा नियुक्त भएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार