Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा थपिए ६४५ जना कोरोना संक्रमित


    शुक्रबार, असोज ९ २०७७
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ६ सय ४५ जना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र ५ सय ३ जना रहेका छन्। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ८९ महिला र ३ सय १४ पुरुष, भक्तपुरमा २० महिला र ३१ पुरुष तथा ललितपुरमा ४५ महिला र ४६ पुरुषमा संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टायता देशभर भने १ हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको मन्त्रालयले जनाएको छ। 

    स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ७९ जना छ। त्यसमध्ये ८ हजार २ सय ३६ जना संस्थागत आइसोलेशनमा र १ हजार ५२ जना होम आइसोलेशनमा रहेका छन्।

    त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५५ जना निको भएका छन्। निको हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ।  हाल क्वारेन्टिनमा ६ हजार ४ सय ६४ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा १२ हजार २ सय ६२ जनाको नमूना पीसीआर परीक्षण गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार