Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना अपडेट: शुक्रबार १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि, १४ सय ५५ जना डिस्चार्ज


    शुक्रबार, असोज ९ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो  २४ घण्टामा थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७० हजार ६ सय १४ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १ हजार ४ सय ५५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ।

    पछिल्लो २४ घण्टामा १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९  रहेको छ। यस्तै ६ हजार ४ सय ६४ जना क्वारेन्टिनमा रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार