Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिरमा गर्न गृहले दियो अनुमति


    शुक्रबार, असोज ९ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मंसिरको दोस्रो साताका लागि तय भएको निर्वाचन साधारण सभाका लागि गृह मन्त्रालयले अनुमति दिएको छ। महासंघको गत साता बसेको बोर्ड बैठकले मंसिर ११ र १२ गते साधारण सभा गर्ने निर्णय गरेको थियो।

    गृह मन्त्रालयले महासंघलाई साधारण सभा विधुतीय माध्यमबाट गर्न, मतदान गर्दा एकपटकमा २५ जनाभन्दा बढी जम्मा नहुन र सामाजिक दुरी काम गर्न निर्देशन दिँदै अनुमति दिएको छ।

    गत चैतमा तय भएको महासंघको साधारण सभा कोरोना भाइरसको महामारी र लकडाउनका कारण सर्दैसर्दै मंसिरमा पुगेको हो।

    महासंघको नेतृत्व समेत चयन गर्ने ५४औं साधरणसभा नियमित रुपमा हुँदा चैतमा नै हुनुपर्थ्यो।  चैत २८ र २९ गतेका लागि तय भएको साधारण सभा कोरानाका कारण स्थगित भएको थियो। स्थगित साधारण सभा त्यसपछि जेठको पहिलो साता गर्ने गरी मिति तए भएको थियो। तर,  जेठमा पनि साधारणसभा हुन नसकेपछि साउन २६ र २७ गते का लागि ललितपुरमा गर्ने गरी सारिएको थियो। साउनमा पनि सभासम्मलन गर्न सरकारले फुकुवा नगरेकाले साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको थियो। 

    महासंघको निर्वाचन मिति तयभएसँगै व्यवसायीहरु दुई ग्रुपमा विभाजन भइसकेका छन। महासंघको ५४ औं साधरण सभाबाट अहिलेका वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष हुने छन भने बाँकी पदाधिकारीको लागि भने निर्वाचन हुने छन्। वरिष्ठ उपाध्यक्षमा लागि व्यवसायी किशोर प्रधान र चन्द्र प्रसाद ढकाल चुनावी मैदानमा रहेका छन्।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार