Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एसओएसले लियो टुहुरा बालिकाको जिम्मा


    शुक्रबार, असोज ९ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । दशरथचन्द नगरपालिका– १० सत्पालीका एकै घरका छ टुहुरा बालिकाको एसओएस बालग्राम अभिभावक बनेको छ । तीन वर्षअघि बुबा गुमाएका र आमा पनि बेपत्ता भएपछि टुहुरा भएका ती बालिकाको जिम्मा एसओएस बालग्राम काभ्रेले लिएको हो । एसओएस बालग्रामका निर्देशक सुरेन्द्र अमगाईँसहितको टोली बैतडी पुगेर ती बालिकालाई जिम्मा लिएको दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताउनुभयो । अढाइ वर्षदेखि ती बालिकाको खाना र बसोबास व्यवस्था नगरपालिकाले गर्दै आएको थियो ।

    सत्पालीका १५ वर्षीय निलम, १३ वर्षीय इन्द्रा, १२ वर्षीय पार्वती, १० वर्षीय लक्ष्मी, सात वर्षीय विन्दु र पाँच वर्षीय माया लावडलाई पठनपाठनसहितको जिम्मा उक्त संस्थाले लिएको हो । बैतडीस्थित हनुमानध्वज गुल्मका सेनानी प्रवीन थापाले टुहुराको जिम्मा लिन आग्रह गरेपछि बालग्रामको टोली बैतडी पुगेर जिम्मा लिएको हो । ती बालिकालाई उनीहरुको कागजपत्रसहित दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा र प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले संयुक्तरुपमा बालग्रामका निर्देशक अमगाईँलाई हस्तान्तरण गर्नुभयो । टुहुरा बालबालिकाको सहयोगका लागि विभिन्न ठाउँबाट रु एक लाख ३६ हजार रकम सङ्कलन भएको र त्यो रकम बैंक खातामा जम्मा गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताउनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार