काठमाडौं । पछिल्लो तीन दिन देखि घटिरहेको सुनको भाउ आज भने बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
बढको मूल्य अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ९ सय र तेजाबी सुन ९३ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
पछिल्लो तीन दिनमा सुन ४१ सय रुपैयाँले सस्तिएको थियो ।
सुनको मूल्य बढ्दा आज चाँदी पनि ४० रुपैयाँ महँगो बनेको छ । तीन दिनमै दुई सय रुपैयाँ सस्तो बनेको चाँदी शुक्रबार तोलाको ११ सय ६० रुपैयाँ कायम भएको छ ।