Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा होम आइसोलेशनमा बस्ने बढे


    शुक्रबार, असोज ९ २०७७
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । चितवनमा होम आइसोलेशनमा बस्नेको संख्यामा वृद्धि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार यहाँ सक्रिय संक्रमित ९४३ छन् । त्यसमध्ये ६२६ जना होम आइसोलेशनमा रहेका छन् भने ३१७ जना संस्थागत आइसोलेशनमा बसेका छन्।

    कार्यालयमा प्रमुख दीपक तिवारीका अनुसार होम आइसोलेशनमा बस्ने मानिस इमान्दार भए अस्पतालमा जस्तै घरमा पनि सुरक्षित हुने भएकाले होम क्वारेन्टाइन प्रभावकारी देखिएको हो। ‘लक्षण नभएकाहरु अस्पतालको आइसोलेशनमा बस्न उपयुक्त ठान्न छाडे’, उनले भने, ‘घरमा बसेपछि खानपिन पनि राम्रो हुने र छिटो निको हुने भएकाले पनि सङ्ख्यामा वृद्धि भएको हो । छुटै बस्न भौतिक संरचना नभएकाहरु संस्थागत आइसोलेशनमा बस्नुभएको छ।’ यससँगै जिल्लामा सञ्चालनमा रहेका क्वारेन्टिन पनि बिस्तारै खाली हुँदै गएको छ ।

    लक्षण नभएका सङ्क्रमित अस्पताल जाँदा शय्याको अभावमा जटिल बिरामीको उपचारमा समस्या आउने भएकाले पनि होम आइसोलेसनमा बस्न सरकारको निर्देशन छ। लक्षण देखिएका कोरोना सङ्क्रमित अस्पताल जानुपर्ने सरकारको मापदण्ड भएकाले पनि होम आइसोलेशनमा बस्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको प्रमुख तिवारी बताउछन्। 

    होम आइसोलेशनमा बस्दा केही कठिन भए पनि परिवारको सहयोगले प्रभावकारी बन्ने होम आइसोलेशनबाट निको भएकाहरु बताउछन्। घरमै परिवारबाट छुट्टै बसेर  गुर्जो, बेसारपानी र स्वासस्प्रस्वाससम्बन्धी व्यायाम गरे छिट्टै कोरोनालाई परास्त गर्न सकिन्छ । हाल होम आइसोलेशनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ४४९ जना बसेका छन् । रत्नननगरमा ६५, खैरहनीमा ५६, राप्तीमा २५, कालिकामा २१, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा पाँच–पाँच जना छन् । चितवनमा अहिलेसम्म एक हजार ६७७ जना कोरोनाबाट सङ्क्रमित भएका छन्। जसमध्ये पुरुष ९९३ र महिला ६८४ छन् । त्यसमध्ये ७१५ कोरोना निको भई घर फर्किएका छन् भने १८ जनाको मृत्यु भएको छ। रासस

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार