Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दार्चुलाकाे हाेटलमा मृत भेटिए प्रहरी नायब निरीक्षक


    शुक्रबार, असोज ९ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दार्चुला । प्रहरी नायब निरीक्षक (सई) शुक्रबार बिहान दार्चुलाको एक होटलमा मृत भेटिएका छन्। दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिका ४ बंगाबगडको एक होटलमा ४० वर्षीय सई ध्रुव रावल शुक्रबार बिहान करिब ४ बजे मृत भेटिएका हुन्।

    उनी कैलाली टीकापुरका बासिन्दा हुन्। उनी हुती इलाका प्रहरी कार्यालयमा सरुवा भएका थिए। त्यहाँ जाने क्रममा राति होटलमा बास बसेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए।

    गएराति होटलमा बसेका उनी आज बिहान बाथरुममा लडेको अवस्थामा भेटिएका हुन्। बेहोस अवस्थामा भेटिएका उनलाई बिहानै जिल्ला अस्पताल लगिएको थियो।

    तर, अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको एक नाक र मुखबाट रगत बगेको पाइएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डीएसपी पदमबहादुर बिष्टले बताए। पोस्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने डीएसपी बिष्टले बताए। डीएसपी बिष्टका अनुसार उनी रक्तचापबाट पीडित थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार