Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अभिलेखीकरणका लागि घरदैलोमा शिक्षक


    शुक्रबार, असोज ९ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महेन्द्रनगर । कोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन् । सरकारले असोज १ गतेदेखि लागू हुने गरी जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार असोज १५ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरु अभिलेखीकरणमा खटिएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले जनाएको छ ।

    “पठनपाठनको पूर्व तयारीका लागि विद्यार्थीको विवरण सङ्कलन गर्न लागिएको हो”, इकाई प्रमुख भरतबाबु सुवेदीले भन्नुभयो, “जिल्लाभर अभिलेखीकरणको कार्य जारी छ ।” उहाँले अर्को निर्णय नआएसम्म विद्यालय भने सञ्चालनमा नआउने बताउनुभयो । “घरदैलोमा जाँदा शिक्षकले स्वास्थ्य सामग्री प्रयोग गर्दै भौतिक दूरीलाई ख्याल गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “टोल/छिमेकमा समेत कसरी अध्यापन गराउन सकिन्छ भन्ने विषयमा पनि पहल हँुदैछ ।” कञ्चनपुरका २६१ सामुदायिक र २३२ संस्थागत विद्यालय छन् ।

    विद्यार्थी अभिलेखीकरणमा खटिएका शिक्षक लोकबहादुर सिंहले घरदैलोमा पुग्दा अभिभावक र विद्यार्थी विद्यालय सञ्चालन होस् भन्नेमा नरहेको बताउनुभयो । “अझै कोरोनाको त्रास रहेकाले धेरै निजी स्कूलमा पढ्ने विद्यार्थी सरकारी स्कूलमा भर्ना हुन आउँदैछन्”, सिंहले भन्नुभयो, “हामीले अभिलेखीकरणसँगै विद्यार्थी भर्ना अभियानसमेत शुरु गरेका छौं ।” अनलइन कक्षालगायत वैकल्पिक विधिबाट शिक्षण हुँदा विद्यालयले चर्को शुल्क लिइरहेको अभिभावकको गुनासो रहेको पाइएको शिक्षक सिंहले बताउनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार