Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश  १ मा ११४ कोरोना सङ्क्रमित थपिए


    बिहिबार, असोज ८ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बिराटनगर । प्रदेश न १ मा पछिल्लो २४ घण्टाको अवधिमा ११४ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये ४७ महिला र ६४ पुरुष रहेका छन् ।  थपिएका मध्ये मोरङ ८६, सुनसरीम २१, झापा पाँच, उदयपुर र प्रदेश बाहिरका एक÷एक  जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  विराटनगरमा सो अवधिमा ७१ जना सङक्रमित थपिएका छन् । ती मध्ये ३६ महिला र ३५  पुरुष रहेका छन् ।  सुनसरीको धरानमा चार महिला र नौ पुरुष, दुहवीमा एक महिला र छ  पुरुष, इटहरीमा एक पुरुष, झापाको विर्तामोडमा दुई पुरुष, झापा गाउँपालिका, भद्रपुर र कनकाईमा एक ÷एक पुरुष, उदयपुर तथा प्रदेश बाहिरका एकएक पुरुषमा सङ्क्रमण भएको पुष्टि भएको छ । 

    यसप्रदेशमा हालसम्ममा छ हजार ६४ जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन् ।  ती मध्ये दुई हजार ६१९ जना कोरोनाबाट मुक्त  भइसकेका छन् । मन्त्रालयका अनुसार आज कोही पनि डिस्चार्ज भएको छैनन् । प्रदेशमा हालसम्म एक लाख १८ हजार ८१० जनाको पिसिआर परीक्षण भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार