Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्रिकेट खेलाडी भण्डारीको उपचारमा सरकारको सहयोग हुने


    बिहिबार, असोज ८ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौंं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । मन्त्री विश्वकर्माले स्थानीय ग्राण्डी अस्पतालमा उपचाररत भण्डारीको अवस्थाबारे आज त्यहाँ पुगेर जानकारी लिनुभयो ।

     सो अवसरमा उहाँले भण्डारीको स्वास्थ्यलाभको कामना गर्दै  उहाँको उपचारमा सरकारका तर्फबाट आवश्यक सहयोग रहने आश्वासन दिनुभयो । उहाँको उपचारका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालसित छलफल गर्ने जानकारी पनि  दिनुभयो ।

    उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीले कम्तीमा पनि अझै एक महिना अस्पतालमा बस्नुपर्ने छ । भण्डारीको गत साता हात र खुट्टाको शल्यक्रिया गरिएको थियो । उहाँ गत साता कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएको थियो । भण्डारीलाई कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि  ग्रान्डी अस्पताल ल्याइएको हो । दुर्घटनामा उहाँको दायाँ खुट्टा र हात भाँचिएको थियो । भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँहाते तीव्र गतिका बलर हुनुहुन्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार