Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बलात्कार आरोपमा दुई जनालाई जेल


    बिहिबार, असोज ८ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा जिल्ला अदालत चितवनले आठ वर्ष कैद सजायको फैसला गरेको छ । आरोपित भरतपुर महानगरपालिका –११ का १९ वर्षीय कविन परियारलाई न्यायाधीश केशव अधिकारीको इजलासले सो फैसला गरेको हो ।

    धादिङ जिल्ला नीलकण्ठ गाउँपालिका –५ घर भई नवलपुर, गैँडाकोट आफन्तकहाँ जाने क्रममा अटो रिक्सा चढाई चालक परियारले भरतपुर –१२ स्थित जंगलमा लगी बलात्कार गरेको भन्दै पीडितले गत  मंसिर २ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजूरी दिएकी थिइन् । उजूरीलगत्तै आरोपित परियारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । 

    यस्तै ३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले भरतपुर महानगरपालिका– ९ शरदपुर घर भएका ३३ वर्षीय दीपक सापकोटालाई चार वर्ष कैद सजायको फैसला सुनाएको छ  । स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका –१२ घर भएकी महिलालाई गत जेठ २३ गते शरदपुर घर भएका  सापकोटाले आफ्नै घरको कोठामा बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार