Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ११ लाख रूपैयाँसहित सुन्धाराको होटलबाट सरकारी इन्जिनियर पक्राउ


    बिहिबार, असोज ८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । ११ लाख रूपैयाँसहित काठमाडाैँकाे सुन्धारा स्थित रहेकाे होटलबाट सरकारी इन्जिनियर पक्राउ परेका छन्।महाकाली सिंचाई आयोजना, कंचनपुरका कामु आयोजना निर्देशक एंवम् इन्जिनियर प्रचण्ड देव बिष्ट सुन्धाराको होटलबाट पक्राउ परेका हुन् ।

    स्रोत नखुलेको ११ लाख रुपैयाँसहित होटल इसन प्रालिबाट उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । महानगरीय प्रहरी बृत्त (जनसेवा) का प्रमुख डिएसपी सुनिलजंग शाहका अनुसार बुधवार राति ११ बजे होटलमा छापा मार्दा बिष्ट युवतीसहित भेटिएका हुन्।

    सुन्धारास्थित इसन होटलमा राति होहल्ला भैरहेको गुनासो स्थानीयले प्रहरीलाई गरेपछि जनसेवाको टोली त्यहाँ पुगेको थियो। ‘हामी पुग्दा उहाँ युवतीसहित मदिरा सेवन गरी लठ्ठ भएको अवस्थामा भेट्टायौं,’ शाहले भने, ‘झोला जाँच गर्दा ११ लाख रुपैया फेला पर्यो। उहाँले त्यो रकम डिजीलगायतलाई दिन ल्याएको बताउनु भयो।’

    उनलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ । बरामद रकम उनले घुसवापत लिएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । विष्टले बरामद रकमको स्रोत खुलाउन सकेका छैनन् । आयोजनाका ठेकदारसँग सो रकम लिएको प्रहरी दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार