Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो


    बिहिबार, असोज ८ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नवलपरासी पश्‍चिम । गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेपछि नेपाल भारत सिमानामा रहेको ब्यारेजको ३६ वटै ढोका खोलिएको हो।

    गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिहंले नदीमा बुधबार साँझंबाट प्रतिसेकेन्ड तीन लाख १० हजार क्युसेक पानीको सतह पुगेपछि ब्यारेजका ३६ वटा ढोका खोलिएको बताए ।

    बिहीबार बिहान ९ बजे ब्यारेजमा तीन लाख १० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । तीन लाख क्युसेक प्रतिसेकेन्ड पानीको प्रवाहलाई खतराको सूचक मानिने भएकाले सबै ढोका खोलिएको सिहंले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार