Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री ज्वालाको चिन्ता: डुब्न लागेको सूर्यजस्ता व्यक्तिबाट अब धेरै काम हुँदैन


    शनिबार, साउन २७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले डुब्न लागेका घामजस्ता व्यक्तिबाट अब देश विकासका धेरै काम नहुने भन्दै चिन्ता व्यक्त गरेका छन्।

    अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले उनीहरूका ज्ञान,सीप र अनुभव लिनुपर्ने तर उनीहरूबाट नै धेरै काम भने नहुने उल्लेख गरे।

    ‘डाँडाँमा डुब्न थालेको सूर्यजस्तो व्यक्तिबाट अब धेरै काम हुन सक्दैन। समाज र राष्ट्रको निम्ति गर्ने भनेको युवारहरुले नै हो। जो बिहान उदाउँदाका सूर्य जस्तै हुन्छ,’ उनले भने।

    मन्त्री ज्वालाले युवाहरूकै काँधमा देश, संसार र दुनियाँ हुने बताउँदै बिहान उदाउँदाका सूर्यजस्तै उर्जाशील र जोशीला युवाहरूले नै देश बनाउने बताए।

    तर ती देश बनाउने युवा अहिले निराश रहेको पनि मन्त्री ज्वालाले बताए। उनीहरूलाई निराशाबाट बाहिर निकाल्न के गर्न सकिन्छ भन्नेबारे सरकार, राजनीतिक दल र त्यसका संगठनहरूले बहस गर्नुपर्ने उनको भनाइ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार