काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ५५ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ कोरोना संक्रमित थपिएका छन् ।
जसअनुसार काठमाडौंमा २ सय २९ महिला र ३ सय ८० पुरुष, भक्तपुरमा १२ महिला र ३९ पुरुष, ललितपुरमा ३८ महिला र ५७ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ ।