Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरोमा परेर एक प्रहरीको मृत्यु


    शुक्रबार, साउन २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मकवानपुर। पहिरोमा परी मकवानपुरमा एक जना प्रहरीको ज्यान गएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेमा खसेको पहिरोमा परी जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भई हाल भैंसेमा कार्यरत प्रहरी जवानको मृत्यु भएको हो ।

    उनी जाजरकोट जिल्लाको शिवालय नगरपालिका–८, का २२ वर्षीय कृति बहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    सुख्खा पहिरोमा परी घाइते भएका नेपालीलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो ।

    उपचारको क्रममा नेपालीको राति १२ बजेपछि मृत्यु भएको हो । सुख्खा पहिरोमा परी अर्का प्रहरी जवान सुनिल मेचे भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार