काठमाडौं । स्वास्थ्य सामग्री खरिद प्रकरणबारे सोधपुछका लागि संघीय संसद्को लेखा समितिले मन्त्रीलाई बोलाउने निर्णय गरेको छ । सामान खरिद गरिँदा बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बोलाउने निर्णय गरिएको हो । समितिको आगामी बैठकमा ढकालसँग छलफलका लागि बोलाउने निर्णय भएको लेखा समितिले जानकारी दिएको छ।
यसअघि सचिव, स्वास्थ्य सेवा विभागका प्रमुखलाई पनि बोलाएर समितिले छलफल गरेको थियो।