Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज पनि एमालेको अवरोधपछि संसद् बैठक स्थगित


    शुक्रबार, साउन २६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ । शुक्रबारको बैठकमा एमालेले सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्र्र्दै अवरोध गरेको हो ।

    एमालेकी सांसद् ज्वाला कुमारी शाहले आकस्मिक समयमा बोल्न थालेपछि सत्ता पक्षका सांसदले आफूहरुलाई पनि समय दिन माग गरे । जवाफमा सभामुख देवराज घिमिरेले सभा चलाउने तजबिज आफूसँग रहेको बताए ।

    एमालेले नाराबाजी गर्दै वेल घेराउ गर्यो । त्यसपछि, सभामुख घिमिरेले आगामी साउन २९ गते दिनको १ बजे बस्ने गरी बैठक स्थगित गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार