Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खोला खोल्न डोजर लिएर आज पनि कपन पुग्यो महानगर प्रहरी


    शुक्रबार, साउन २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला अतिक्रमण गरेर बनेका घरहरु हटाउने तयारी गरेको छ।

    महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार अहिले नापी कार्यालय चावहिलमा काठमाडौं र बूढानीलकण्ठका प्रतिनिधि बीच छलफल भइरहेको छ ।

    ‘हामी सबै तयारी गरेर कपनमा आएका छौं, वार्ताबाट के निर्णय हुन्छ भनेर कुरिरहेका छौं, डोजर चल्ने सम्भावना रहेको छ,’ पाण्डेले भने ।

    तर महानगरका मेयर नै आउने भनिए पनि समय नदिएको भन्दै बूढानीलकण्ठ नगरपालिका भने रुष्ट भएको छ । नापी विभागमा मेयर नआएर प्रतिनिधि पठाएपछि जिल्ला समन्वय समिति काठमाडौंले ३ बजे दुई नगरको बैठक बोलाएको छ ।

    बूढानीलकण्ठ नगरपालिका भने छलफल बिना डोजर चलाइहाल्ने पक्षमा नरहेको जनाएको छ । नगरपालिकाका मेयर मिठाराम अधिकारीले हिजो बिहीबार राष्ट्रिय सभागृहमा मेयर बालेन्द्र साह (बालेन)सँग भएको सहमति अनुसार नै अगाडि बढ्ने बताए ।

    ‘आज नापी विभाग गएर नक्सा हेर्न भन्ने कुरा थियो, तर काठमाडौंको मेयर आउनु भएको छैन,’ अधिकारी भन्छन् ।

    उनले थप छलफलपछि मात्रै खोला खोल्ने विषयामा के गर्ने भन्ने प्रष्ट हुने बताए । ‘अब बिना छलफल समन्वय गरेर डोजर मात्रै अगाडि बढाएर मात्रै पनि हुँदैन नि’ मेयर अधिकारीले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार