Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रोनाल्डोको इन्स्टाग्राममा ६० करोड फलोअर


    शुक्रबार, साउन २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोको इन्स्टाग्राममा ६० करोड फलोअर पुगेको छ। उनी इन्स्टाग्राममा ६० करोड फलोअर हुने पहिलो व्यक्ति बनेका छन् । गत वर्ष नोभेम्बरमा ५० करोड फलोअरको रेकर्ड बनाएका रोनाल्डोले नौ महिनाको अवधिका १० करोड फलोअर बढाएर नयाँ रेकर्ड राखेका हुन् ।

    उनलाई पछ्याउँदै अर्जेन्टिनाका फुटबलर लिओनल मेस्सी दोस्रो स्थानमा छन् । मेस्सीको इन्स्टाग्राम अकाउन्टमा हाल ४८ करोड २० लाख बढी फलोअर रहेका छन् । त्यस्तै ४२ करोड ७० लाख फलोअरका साथ अमेरिकी गायिका सेलेना गोमेज तेस्रो स्थानमा छन् ।

    फेसबुकमा पनि रोनाल्डो सर्वाधिक बढी फलोअर हुने व्यक्ति हुन् । उनको पेजमा १६ करोड ३० लाख बढी फलिअर रहेका छन् । त्यस्तै एक्समा १० करोड ९१ लाख फलोअरका साथ सर्वाधिक फलोअर हुने व्यक्तिको चौंथो स्थानमा पर्छन् ।

    फेसबुक, इन्स्टाग्राम र एक्समा गरी रोनाल्डोका प्रमुख सामाजिक सञ्जाल प्लेटफर्ममा कूल ८७ करोड २१ लाख बढी फलोअर रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार