Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेसँगै सत्ता पक्षका सांसदले विरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित


    शुक्रबार, साउन २६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षीसँगै सत्ता पक्षका सांसदहरु उभिएपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

    आज शुक्रबारको बैठकमा सुरुमा दलीय आधारमा सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए ।

    जब राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा अगाडि बढाउन खोजे तब एमालेका सांसदहरुले उठेर अवरोध गरे । तिमिल्सिनाले एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिएका थिए । तर सत्ता पक्षका सांसदहरु पनि उठेर विरोध गरे ।

    १० मिनेटभन्दा बढी समय प्रतिपक्षसँगै सत्ता पक्षका सांसदहरु आ आफ्नो स्थानमा उभिएपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले ‘सत्ता पक्षका सांसदहरुको सद्भाव रहेछ, उहाँहरु (प्रतिपक्ष) उठेपछि उहाँहरु (सत्ता पक्ष) पनि उठ्नु भएको छ’ भन्दै ठट्टा पनि परे, कि उठीउठी हाउस चलाउने हो ?’

    दुवै पक्षका सांसदहरु नबसेपछि बैठक स्थगित भएको छ । राष्ट्रिय सभाको अर्को बैठक साउन ३१ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार