Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सिन्धुपाल्चोकमा गुडिरहेको बस पसलमा ठोक्किँदा ९ जना घाइते


    शुक्रबार, साउन २६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सिन्धुपाल्चोकको खाडीचौरमा गुडिरहेको यात्रुवाहक बस अचानक पसलमा ठोक्किएको छ।

    दोलखाबाट काठमाडौं आउँदै गरेको अरनिको यातायातको बा ४ ख १९३३ नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित भई पसलमा ठोक्किन पुगेको लामोसाँघु प्रहरी चौकीका इन्चार्ज असई अनिश केसीले जानकारी दिए। उक्त बस ठोक्किँदा दुई वटा पसलमा क्षति पुगेको उनले बताए।

    आज बिहान ११ बजेतिर भएको दुर्घटनाबाट ९ यात्रु घाइते भएका छन्। घाइते हुनेमा एक जना बालक पनि छन्।

    उनीहरूको सदाबहार अस्पताल र खाडीचौरकै मेडिकलमा उपचार भइरहेको छ।

    घटनाको अनुसन्धान पनि भइरहेको असई केसीले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार