Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • होम आइसोलेशनमा रहेका उर्जामन्त्री पुनको पीसीआर रिपोर्ट नेगेटिभ


    बिहिबार, असोज ८ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेशनमा बसेका थिए । पाँच दिनपछि पीसीआर परीक्षण गराएका उनको रिपोर्ट नेगेटिभ आएको हो ।

    यस्तै परिवारका सबै सदस्यको रिपोर्ट पनि नेगेटिभ आएको छ । यस्तै यसअघि पोजेटिभ भएका अङ्गरक्षकको पनि दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । 

    योसँगै उनी अब भोलिदेखि नियमित काममा फर्किने बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार