Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


    शुक्रबार, साउन २६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जलेश्वर । महोत्तरीको बर्दिबास नगरपालिकाको छुट्टाछुट्टै स्थानमा गए राति दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिपले ठक्कर दिँदा दुई पैदलयात्रुको मृत्यु भएको हो ।

    गए राति बिपी राजमार्गअन्तर्गत बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको प्र०१–०२६च ५६४३ नंको जिपले बर्दिबास–३ गुञ्ज होटल अगाडि बाटो काट्दै गरेका बर्दिबास–३ गौरीबासका ७२ वर्षीय रामबाबु मोक्तानलाई ठक्कर दिएको थियो । उनको जनसेवा अस्पताल बर्दिबासमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

    यस्तै पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बर्दिबास–४ स्थित भब्सीपुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ७१५३ नंको जिपले बाटो काट्दै गरेका पैदलयात्री महोत्तरी गाउँपालिका–६ गोनरपुराका ५९ वर्षीय जगदीश साहलाई ठक्कर दिएको थियो । गम्भीर घाइते उनको बर्दिबास सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार