काठमाडौं । कोरोना महामारीका कारण दक्षिण कोरियाले नेपाली श्रमिकको प्रवेशमा रोक लगाएको छ ।
नेपालमा कोरोना महामारी बढेकाले दक्षिण कोरियाले इपीएस अन्तर्गत कमिटेड श्रमिकका साथै अन्य कामदारको प्रवेशमा तत्कालका रोक लगाएको हो । तर महामारीको अवस्था हेरेर फेरि अर्को निर्णय गर्ने कोरियाको तयारी रहेको कोरियास्थित नेपाली दूतावासले जनाएको छ ।
नेपालमा लकडाउन भएकै अवस्थामा केही श्रमिक कोरिया गए पनि अहिले कोरियाले नेपालीको प्रवेशमा रोक लगाएको हो । यस्तै सरकारले कोरियन एयरलाई अक्टोबर महिनाका लागि सोल-काठमाडौं एकतर्फी उडानको अनुमति दिएको छ ।
सो उडानमार्फत घर आउन चाहने नेपालीलाई सहज हुने बताइएको छ।