Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन तस्करी प्रकरण: गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने कांग्रेस सांसद शर्मा पक्राउ


    बिहिबार, साउन २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए ।

    प्रहरीले भने केही बताउन चाहेको छैन । केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले यसबारे आफूले सिआइबीसँग बुझ्दै रहेको प्रतिक्रिया दिका छन् । कांग्रेस सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै आएका शर्मालाई पक्राउ गरिएकोमा कांग्रेसकै नेताहरुले संशय व्यक्त गरेका छन् ।

    शर्मालाई सिआइबीले पक्राउ गरेको भन्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारमाथि प्रश्न उठाएका छन् । शर्मालाई प्रहरीले गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार