दोहा। रोजगारीका लागि कुवेतमा रहेका दुई नेपाली महिला कामदारको मृत्यु भएको छ । घरेलु कामदारको रुपमा कुवेत पुगेका मकवानपुर हेटौंडा पदमपोखरीका मायादेवी थिङ र चितवन भरतपुरका दिलकुमारी तामाङको मृत्यु भएको हो ।
त्यहाँको आदान अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको बताईएको छ । मालिकको घरबाट भागेर गैरकानुनी रुपमा काम गर्दै आएका उनीहरु बिरामी भएर करिब एक महिनादेखि आदान अस्पताल पुगेका थिए।
उनीहरूको उपचारको क्रममा मृत्यु भएको नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष नारायण घलानले जानकारी दिए । मृतक मायादेवी ७ महिनासम्म मृतकको साथमा केही कागज पत्र नभएको, कसले र कसरी अस्पतालसम्म पुर्याइदिएको भन्ने केही खुल्न सकेको छैन् ।
चितवनकी दिलकुमारीको भने मृत्युको कारण अझै खुल्न नसकेको बताईएको छ । मृतकहरूको बारेमा त्यहाँस्थित नेपाली दूतावासले भने जानकारी आई नसकेको जनाएको छ । जानकारी आउने बित्तिकै आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मृतकका शव नेपाल पठाइने जनाएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend