Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हुम्लाका सहायक सीडीओसँग गृहले माग्यो स्पष्टिकरण


    बिहिबार, असोज ८ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल-चीन सीमाबारे विवादित विषयमा जथाभावी बोलेका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई गृह मन्त्रालयले स्पष्टिकरण सोधेको छ। हमाललाई २४ घण्टे स्पष्टिकरण सोधिएको बताइएको छ।

    हुम्लाको नाम्खा गाउँपालिका ६ लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी भवन बनाएपछि उक्त क्षेत्रको निरीक्षण तथा ११ नम्बर पिल्लरको खोजीमा गएका प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीले आफ्नो अनुपस्थितिमा हमाललाई जिम्मेवारी दिएका थिए।

    प्रजिअ गिरी सुरक्षा निकायको टोली लिएर शनिबार सीमातिर गएका थिए। उनी अझै फर्केका छैनन्।  बुधबार नै नेपाल-चीन सीमामा रहेको ११ नम्बर पिल्लर बुधवार भेटिएको छ।

    सीडीओ गिरीको अनुपस्थितिमा हमालले जिम्मेवारी सम्हालेका थिए। सो क्रममा उनले सञ्चारमाध्यममा दिएको सूचनाका कारण उनलाई स्पष्टिकरण सोधेको हो। यो विषयमा मन्त्रालयले बोल्नुपर्ने भएपनि उनले बोलेकाले स्पष्टिकरण सोधेको बताइएको छ । 

    परराष्ट्र मन्त्रालयले बुधवारै भवन बनाएको उक्त भूमि चीनकै हो भनिसकेको छ। चिनियाँ दूतावासले पनि हिजै उक्त भूमि आफ्नै भएको दावी गरेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार