काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले गरेका राम्रा कामको प्रचार–प्रसारमा लाग्नुपर्ने टिप्पणी गरेका छन् । नेता सिंहले कांग्रेस काठमाडौं– १ मा आयोजित कार्यक्रममा आफूले गरेकाका काम जनतालाई अनुभूत हुने गरी कांग्रेसले बुझाउन नसकेको नेता सिंहले बताए ।
‘कांग्रेसले जनतालाई गुमेको अधिकार फिर्ता ल्यार दिलाएको छ । परिवर्तनको नेतृत्व गरेको छ । विकासको नेतृत्व गरेको छ तर आफूले गरेकाका काम जनतालाई अनुभूत हुने गरी बुझाउन सकेको छैन ।’
अहिलेको प्रतिस्पर्धी अवस्था अनुरुप पार्टी संगठन बनाउनुपर्ने सिंहले बताए । ‘पहिले जस्तो अवस्था अब रहेन । समय परिस्थिति अनुसार चल्न नसके कांग्रेसलाई पनि ग्राहो पपर्छ । पुरानो पार्टी ठूलो पार्टी ईतिहासको कुरा गरेर मात्रै बन्दैन,’ उनी भन्छन् ।
नेता सिहले कांग्रेसका गतिविधि खर्चिलो हुनथाले को भन्दै यसमा पनि सुधार ल्याउनुपर्ने बताए । पार्टीभित्र मतभेद हुनु स्वभाविक भए पनि एक अर्कोलाई दोष लगाएर कोही बलियो हुन नसक्ने उनको भनाइ छ ।
‘कांग्रेस कमजोर हुँदा कोही व्यक्ति बलियो हुन सक्दैन । सस्तो प्रचार बाजीमा लागेर पार्टी नेताहरुविरुद्ध सार्वजनिक टिप्पणीले कसैलाइ हित हुँदैन,’ उनले भने, ‘बिमतिहरु हुनसक्छ चित्त नबुझन सक्छ ती कुरा पार्टी भित्र औंपचारिक या अनौपचारिक छलफलमा उठाउन सकिन्छ ।’
चित नबुझेको बोल्नु पाइएपनि सार्वजनिक रुपमा वादविवाद गरिँदा पार्टीलाई अहित हुने भन्दै उनले त्यसमा ख्याल राख्न समेत आग्रह गरे ।
पार्टी निर्णयका पकक्षमा उभिएर जिम्मेवारी बोध गरेर अघि बढ्नु पर्नेमा नेताख सिंहको जोड थियो । ‘राजनीतिमा चाहे जस्तो सबै हुँदैन । धैर्य राख्न सके पालो सबैको आउँछ । सबै नेता कार्यकर्ताले पार्टी विधि पद्धतिमा हिँड्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा कांग्रेस सह–महामन्त्री भिष्मराज आङ्दाम्वेले कांग्रेस केन्द्रीय समितिले गरेका निर्णयहरु सबैले पालना गरेर अघि बढ्न सके पार्टी बलियो हुने बताए ।
एक अर्कोका कुरा काट्नुभन्दा पार्टी काम र जनताको, सेवामा लाग्न समेत जोड दिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend