काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर हत्याकाण्डका विषयमा नयाँ ढंगले छानबिन गर्ने तयारी नरहेको भन्दै सरकार छाड्ने चेतवानी दिएको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई आश्वस्त पारेका छन् ।
आफूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले आन्दोलनरत पक्षसँग सहमति भएपनि तत्काल छानबिन अगाडि नबढ्ने बताएको उपेन्द्रले जानकारी दिए ।
‘प्रधानमन्त्रीज्यूले मसँग यो कुनै पनि कार्यक्रम अगाडि बढ्दैन भन्नुभा’छ,’ उपेन्द्रले भने ।
सरकारलाई दिइएको समर्थन तत्काल फिर्ता नलिने भन्दै उपेन्द्रले वर्तमान गठबन्धन र सरकार कायमै रहने बताए ।
‘गौर घटना विशुद्धरूपले माओवादीका तत्कालीन नेता प्रभु साहको गल्तीका कारण भएको भन्ने कुरा माओवादीको आन्तरिक छानबिन समितिले पनि निर्क्यौल गरेको छ,’ उपेन्द्रले थपे, ‘त्यतिबेला मधेशी जनअधिकार फोरमले त अहिंसात्मक आन्दोलन गरेको थियो । त्यहाँ पार्टीको आमसभा थियो । आमसभामा हतियारसहित हमला कसले गर्यो ? देशभरबाट छापामारहरू आएर हमला गरेको हैन ?’
यस विषयमा नेपालस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयोग (अनमिन) र संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगको रिपोर्ट तथा सरकारले सर्वोच्चका तत्कालीन न्यायाधीश खिलराज रेग्मीको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय न्यायिक छानबिन समितिको रिपोर्ट हेर्दा सबैकुरा प्रस्ट हुने उनले बताए ।
‘यी सबै रिपोर्टले के भनिरहेको छ हेर्नुस् न, त्यहाँ त माओवादीकै गल्ती थियो भनिएको छ,’ उपेन्द्रले जिकिर गरे ।
अहिले आन्दोलन, वार्ता र सहमति गराउने सबै नाटक प्रभु साहको उक्साहटमा भएको उनको आरोप छ ।
यस सम्बन्धमा शुक्रवार पत्रकार सम्मेलन गरेर पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने समेत उपेन्द्रले जानकारी दिए ।
गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग सरकारले ५ बुँदे सहमति गरेपछि उपेन्द्र प्रधानमन्त्री प्रचण्डसँग सशंकित बनेका थिए ।
मंगलवार पीडित र गृह मन्त्रालयबीच भएको सहमतिको पहिलो बुँदामै गौर हत्याकाण्ड छानबिन गरी दोषीलाई कारबाही गर्ने उल्लेख छ ।
‘घटनाका सम्बन्धमा तत् समयमा दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कानूनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने,’ सहमतिको पहिलो बुँदामा भनिएको छ ।
२०६३ साल चैत ७ गते रौतहटको गौरमा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमबीच आमसभास्थलका विषयमा भएको विवादले झडपको रूप लिँदा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend