काठमाडौँ। पोखरामा २८ तोला सुनसहित एक जना महिला पक्राउ परेकी छन्।
आज बिहीबार बिहान साढे ७ बजे पोखरा बसपार्कबाट एक जना महिलालाई सुनसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरूङ छन्।उनी काठमाडौंबाट ग १ ख ९९४४ नम्बरको बसमा पोखरा गएकी थिइन्। उनले सुन ल्याएर आएको विशेष सूचना प्रहरीले पाएको थियो।
बसबाट ओर्लिएपछि प्रहरीले गुरूङमाथि चेक गर्ने क्रममा सुन बरामद भएको हो।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट डिएसपी जोशीको कमान्डमा टोली खटिएको थियो। गुरूङले छातीमा सेतो टेपले बेरेर ब्राभित्र सुन लुकाएर राखेकी थिइन्।
२८० ग्राम २८ मिलिग्रामको सुन रहेको प्रहरीले जनाएको छ। उनीमाथि वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान अघि बढाएको छ।
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
काठमाडौँ । प्रधान न्यायाधीश र न्यायाधीशसँग जोडिएका विवादास्पद सन्देश तथा सम्पर्कका विवरण सार्वजनिक भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वोच्च अदालतमा सोमबार बिहानदेखि सुरु भएको...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ। आज...
– नारायणप्रसाद शर्मा काठमाडौँ । नेपालको राजनीतिमा परम्परागत दलहरूले भ्रष्टाचार गरे, हामी सुशासन ल्याउँछौँ भन्दै नेपाली जनताको सेन्टिमेन्ट (भावना) जितेर संसदमा प्रमुख शक्तिका रूपमा उदाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend