Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्री श्रेष्ठको आक्रोश- सुन प्रकरणमा दोषी देखिए जुनसुकै पार्टीका भए पनि छुट हुँदैन


    बिहिबार, साउन २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हाल चर्चित रहेको सय किलो सुन प्रकरणमा दोषी देखिए माओवादी या कुनै पार्टीको भए पनि उन्मुक्ति नपाउने भन्दै आक्रोश पोखेका छन्।

    प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै श्रेष्ठले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई तथ्य र प्रमाणका आधारमा अनुसन्धान गर्न निर्वाध छाडिएको बताएका हुन्।

    ‘त्यो भेपको फाइल गृहमन्त्रीको टेबलमा छ नि भन्नुभयो, मेरा एकदम अनन्य मित्रले,’ रास्वपाका सभापति लामिछानेलाई लक्षित गर्दै मन्त्री श्रेष्ठले भने, ‘हैन, पहिला सरकार चलाउँदा त्यसो गरिन्थ्यो र? सिआइबीले गरेको अनुसन्धान पहिले मेरो टेबलमा ल्याइजो अनि म जे भन्छु त्यही गर!’

    लामिछानेले इलेक्ट्रिक चुरोटमा सुन ल्याएको प्रकरणको फाइल गृहमन्त्रीकै टेबलमा अड्किएको बताएका थिए। त्यसमा माओवादीका नेताहरूकै नाम जोडिएको उनको भनाइ थियो।

    लामिछानेलाई जवाफ दिने क्रममा गृहमन्त्रीले दोषी देखिने कोही कसैले छुट, उन्मुक्ति नपाउने बताएका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार